ऊ फर्केर आउला नआउला थाहा छैन आएर माया लाउला नलाउँला थाहा छैन परिवर्तन हुन के बेर मान्छेको मन गाउँबेसी सँगै धाउला नधाउला थाहा छैन

Music Fm

Sunday, February 12, 2012

समयले नै धोका दिइ गयो

रिमा....


               के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिम पलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर जाने भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्ने भयो ।.....
.......
..




रिमा..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!

रिमा... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरो खुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।
तिमीलाई माया गर्ने
रोमन

No comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More