३ साउन, काठमाडौं । विभिन्न १० बटा मजदुर संगठनले राजपत्रमा प्रकाशित न्युनतम पारिश्रमिक तथा भत्ताको माग गर्दै उद्योग प्रतिष्ठानहरु अनिश्चितकालका लागि बन्द गर्ने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । माओवादी मजदुरको बद्री बजगाई र लालध्वज नेम्वाङ् समूह, मधेशी टे्रड युनियन फोरम, नेपाल समावेशी टे्रड युनियन लगायतका १० बटा मजदूर समूहले मंगलबार आन्दोलनको घोषणा गरेका हुन् । घोषित कार्यक्रममा साउन ५ गतेउद्योग प्रतिष्ठानमा कालो झण्डा राखी हातमा कालो पट्टी बाध्ने, ६ गते प्रतिषठानमा गेट सभा गर्ने, १० गते उद्योग वाणिज्य संघका कार्यालयहरुमा १ बजेदेखि २ बजेसम्म १ घण्टा धर्ना दिने र ११ गते आफू कार्यरत प्रतिष्ठानमा धर्ना दिने लगायत छन् । यसैगरी उनीहरुले साउन १५ गतेदेखि अनिश्चितकालीन उद्योग प्रतिष्ठान बन्द गर्ने घोषणा गरेका छन् ।
१० बटा मजदूर समूहले टे्रड युनियन, नेपाल उद्योग विणज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिसमेतको उपस्थितिमा न्युनतम वेतन निर्धारण गर्ने अधिकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई दिने सहमति पश्चात सरकारले राजपत्रमा प्रकाशित न्युनतम पारिश्रमिक तथा भत्ता नदिन र नदिलाउन उद्योग वाणिज्य महासंघले गरेकेा परिपत्रको विरोध गरेको छ ।
महासंघको सूचना सम्पूर्ण मजदुर साथीहरुको हक हित र सरकारको कानुन प्रदत अधिकारमाथि प्रहार गरिएको उनीहरुको निष्कर्ष छ । उनीहरुले अत्यावश्यक सेवाको नाममा आन्दोलन गर्न सरकारले लगाएको रोकप्रति पनि असन्तुष्टि जनाएका छन् ।
No comments:
Post a Comment